निओनको संयोजकमा इन्जिनियर बिस्ट

निओनको संयोजकमा इन्जिनियर बिस्ट


इन्जिनियर्स नेपाल |  साउन २३, २०७९,


engineersnepal.com

नेपाल रास्ट्रिय इन्जिनियर संगठन (निओन) को संयोजकमा विजयकुमार बिस्ट चयन भएका छन् । आइतबार कुपण्डोलमा बसेको केन्द्रीय भेलाले संयोजकमा बिस्टलाई सर्वसम्मत चयन गरेको हो । 

यस्तै सहसंयोजकमा भेलाले अन्जित गौतम, सफल क्षेत्री, गजेन्द्र झा, अनिल नेपाल र सम्झना ढकाल गरी पाँच जना चयन गरेको छ । 


ADVERTISEMENT

साथै भेलाले असोजको ७ र ८ गते काठमाडौंमा केन्द्रीय अधिवेशन गरि नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।



Your Comments