नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन विधेयक पारित

नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन विधेयक पारित


इन्जिनियर्स नेपाल |  साउन ४, २०७९,


engineersnepal.com

नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक बुधवार संघीय संसदबाट पारित भएको छ ।

पारित विधेयकमा मुख्यत इन्जिनियरिङ परिषद्बाट इन्जिनियरको   लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान छ । 


ADVERTISEMENT

२९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर प्रतिनिधिसभामा आएको थियो । राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो । 

संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणसतरीयतालाई जोडेर आउने गरेका प्रश्नहरुको निरुपण भएर जाने सरकारको अपेक्षा रहेको बताए । 
 



Your Comments