नयाँ पुस्ताका इन्जिनियरहरुलाई नेइएले सघाउनुपर्छ

नयाँ पुस्ताका इन्जिनियरहरुलाई नेइएले सघाउनुपर्छ


इन्जिनियर्स नेपाल |  साउन ३, २०७९,


engineersnepal.com

 

इन्जिनियर्स दिवसले हामी इन्जिनियरिङ कम्युनिटीमा उत्साह दिन्छ । समाजप्रतिको दायित्व पुरा गर्ने र नेपालको सर्वांगिण विकासमा र आर्थिक, सामाजिक रुपान्तरणमा इन्जिनियरिङ समुदायको भूमिकालाई पुर्नपरिभाषितगर्ने र परिणाममुखी नतिजा निकाल्न प्रेरणा दिओस् । खासगरी नेपाल जस्तो भौतिक पूर्वाधार, सहरी विकास लगायतका इन्जिनियरिङ समुदायसँग जोडिएका विकासका गतिविधि तथा आयोजनामा उनीहरुको महत्वपूर्ण भूमिका रहन्छ । तर, अहिलेको वास्तविकता के हो भने ठूलाठूला राष्ट्रिय गौरवका आयोजनाहुन् अथवा स्थानीयतहका साना आयोजना नै किननहोउन् आम नेपाली समाजमा दुर्भाग्यपूर्ण सोच विकास हुनपुगेको छ की सिमित स्रोतसाधन उचित प्रयोग गर्न सकेनौं र भौतिक विकासको सम्बन्धमा चाहेको विकास हुन सकेन । गाउँ, पहाड पाखामा ग्रामीण सडकको नाममा डोजर चलाएर पहिरोको जोखिम बढेको छ । विकासका नाममा स्थानीय तहमा भ्युटावर बनेका छन् जसले आम मानिसमा नकरात्मक सन्देश गएको छ । 


ADVERTISEMENT

 

विकासका नाममा स्थानीय तहमा भ्युटावर बनेका छन् जसले आममानिसमा नकारात्मक सन्देश गएको छ । बजेट खर्च नहुने, गौरबका आयोजनामा ढिलासुस्ती र राजमार्गका पुलहरु अलपत्र पारेर वर्षाैंसम्म नबनाउने जस्ता कुराले इन्जिनियरिङ समुदायप्रति आमसमाजको एउटा सम्मान, इज्जत र अपेक्षा क्षीण बन्दै गएको वास्तविकता हो । 

बजेट खर्च नहुने, गौरबकाआयोजनामा ढिलासुस्ती र राजमार्गका पुलहरु अलपत्र पारेर वर्षौं सम्मन बनाउने जस्ता कुराले इन्जिनियरिङ समुदायप्रति आमसमाजको एउटा सम्मान, इज्जत र अपेक्षा क्षीण बन्दै गएको वास्तविकता हो । यसलाई हामीले बदल्न र इन्जिनियरिङको भूमिका पुर्न परिभाषिकिकरण गर्नुपर्छ ।

खासगरी नेपाल इन्जिनियर्स एशोसिएसनले हरेक वर्ष दिवस मनाउछ । तर, यसमा आलोचनात्मक र आत्म समिक्षा गर्नुपर्ने कुरा छ । एसोसिएसनलाई कुनै पार्टीको भातृ संगठनको मञ्च बनाइएको छ । यो अत्यन्तै निर्लज्ज कुरा हो । इन्जिनियर्स दिवस मनाउँदै गर्दा इन्जिनियर्सहरुको विकास, इन्जिनियरिङ र विकासमा प्रत्यक्ष योगदान र समाजमा इन्जिनियरिङ विधालाई मर्याादित, विश्वसनिय र प्राविधिक रुपमा एउटा क्षमतावान बनाउनेमा (अपवादबाहेक) एसोसिएसनका पदाधिकारीहरुको भूमिका देखिदैंन । यो अत्यन्तै दुर्भाग्य हो । 

यसमा इन्जिनियरिङ समुदाय र खासगरी एशोसिएसनको कार्यशैलीलाई पार्टीको भातृ संगठनहरुको एउटा हतियार हुने रुपमामात्रै नभएर यो पेशालाई मर्यादित, क्षमतावान बनाउने र हाम्रानयाँ पुस्ताका इन्जिनियरहरुलाई विश्वविद्यालयबाट बाहिर निस्केपछि पनि एशोसिएसनले निरन्तर रुपमा ज्ञानको सिर्जनागर्ने, राष्ट्रिय इन्जिनियरिङका समस्याको समधान निकाल्नमा अग्रणी भूमिकामा देखाउने जस्ता काम गर्नुपर्छ ।

४० वर्ष अघि डिजाइन, इन्जिनियरिङ जस्ता विषयमा नेपाल पूर्ण रुपमा विदेशी जनशक्तिको भर पर्नुपर्ने अवस्था थियो । अहिले नेपालमै इन्जिनियरहरुले नै बनाएका डिजाइनहरु कार्यान्वयनमा आइरहेका छन् । यो हाम्रा लागि उपलब्धि हो । पेशागत निष्ठा र समाजमा विश्वास जगाउने पक्षमा नयाँ बाटोमा जाने प्रेरणा दिवसले देओस् । 

- डा. सुर्यराज आचार्य
पुर्वाधारविज्ञ 



Your Comments