इन्जिनियरिङ परिषद् विधेयक पास गराउन प्रतिवद्ध छु : भौतिकमन्त्री राई

इन्जिनियरिङ परिषद् विधेयक पास गराउन प्रतिवद्ध छु : भौतिकमन्त्री राई


इन्जिनियर्स नेपाल |  साउन ३, २०७९,


engineersnepal.com

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले चालू अधिवेशनबाट नै इन्जिनियरिङ विधेयक पारित गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । लामो समयदेखि प्रतिनिधिसभामा अड्कीएको उक्त विधेयक छिटै पारित हुने विश्वास मन्त्रीले दिलाएका छन् ।

 


ADVERTISEMENT

‘इन्जिनियर्स फर सोसाइटल इम्पावरमेन्ट’ भन्ने नारासहित मनाइदैं गरेको ६० औं इन्जिनियर्स दिवसकोअवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । 

 

नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको उक्त कार्यक्रममा उनले पेशाप्रति प्रतिवद्ध रहन र नेइएका मुद्दा पनि सम्बोधन गरिने बताए । देश संघियतामा जाँदा नेपाल इन्जिनियरिङ परिषद्ले उक्त विधेयक संशोधन गर्न नसकेको उनले बताए । 

 

१८ वर्षदेखि इन्जिनियरिङ स्टाफ कलेजको माग भएको र स्थापनाका लागि भूमिका खेल्ने पनि उनले बताए । यस्तो कलेज स्तर वृद्धिका लागि सघाउ पुग्ने उनको भनाइ छ । इन्जिनियरिङ परिषद्को भवन निर्माणमा पनि सघाएको उनले स्मरण गरे ।

 

इन्जिनियरका हकहितका कुराहरु सम्बोधन गरिने उनले बताए । अहिले पनि विकास बजेटको ठूलो अंश मन्त्रालयमा छ, भने यो वर्ष ५८ प्रतिशत खर्च भएको उनले बताए । बजेट बढाउन इन्जिनियरको पनि भुमिका हुने पनि उनले बताए । निर्माणमा गुणस्तर, डिजाइन डिफ्ल्टको समस्या पनि रहेको र यसमा सजग हुन जरुरी रहेको उनले बताए ।
 



Your Comments