बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले पाए पाँच अर्ब मुआब्ज

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले पाए पाँच अर्ब मुआब्ज


इन्जिनियर्स नेपाल |  असार १५, २०७९,


engineersnepal.com

बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका  तीन  हजार  दुई  सय  प्रभावित  परिवारले  घरगोठ,  बोटबिरुवा  र  फलफूलको  करिब  पाँच  अर्ब रुपियाँ मुआब्जा पाएका छन् । 

आयोजनाको वातावरण,  मुआब्जा,  वितरण,  पुनर्बास  तथा  पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपियाँ वितरण भइसकेको छ । 


ADVERTISEMENT

दोस्रो पटक दुई हजार छ सय घर प्रभावितको बैङ्क  खातामा  तीन  अर्ब  दुई  करोड  रुपियाँ  पठाइएको आयोजनाका संयोजक डा. जगतकुमार श्रेष्ठले  जानकारी  दिए  ।  “गोरखा  र  धादिङ  दुवै  जिल्लाका  प्रभावितको  निवेदनका  आधारमा  हामीले दुई पटकमा रकम भुक्तानी गरिसकेका छौँ, अब झन्डै एक हजार जनाको निवेदन बाँकी छ । एक÷डेढ हप्तामा उहाँहरूको खातामा पनि रकम जान्छ,” उनले भने । 

यसअघि पहिलो चरणमा आठ सय व्यक्तिको खातामा एक अर्ब ७० करोड रुपियाँ पठाइएको उहाँले जानकारी दिए । हालसम्म अन्य व्यक्तिले आवेदन नदिएको कार्यालयले  जनाएको  छ  ।  निवेदन  दिएकामध्ये  कतिपयलाई  मुआब्जा  दिन  समस्या  भएको  छ । कतिपय प्रभावितको घर, गोठ, फलफूल र बोटबिरुवाको  विवरण  अन्य  व्यक्तिको  नाममा  दर्ता  भएकाले  समस्या  भएको  संयोजक  श्रेष्ठले  बताए  ।  

उनले  भने,  “जग्गाधनी  र  घरधनी फरक परेको अवस्थामा मुआब्जा पठाउन सकिएको छैन । त्यस्तो केस भिडाउन बाँकी नै छ ।”अरूको  जग्गा  भाडामा  लिएर  घर  बनाई  बसेका  व्यक्तिलाई  पनि  मुआब्जा  दिन  समस्या  भएको छ । त्यस्ता व्यक्तिको जग्गाधनीले रकम पाउने घरधनीले नपाउने अवस्था सिर्जना भएको उनले जानकारी दिए  ।

गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षमा छ अर्ब  ८० करोड  रुपियाँ  विनियोजन गरिएको  थियो  ।   हालसम्म ४८ हजार ९४९ रोपनी जग्गाको मुआब्जा वितरण गर्दा ३४ अर्ब छ करोड रुपियाँ वितरण भइसकेको छ ।  मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगे पनि पुनर्बास र पुनस्र्थापनाको टुङ्गो नलाग्दा प्रभावित भने अन्योलमा छन् । गोरखापत्र दैनिकबाट



Your Comments