सरकारले स्थानीय पुर्वाधार बिभाग खारेज गरेकोमा ध्यानाकर्षण

सरकारले स्थानीय पुर्वाधार बिभाग खारेज गरेकोमा ध्यानाकर्षण

प्रयाप्त छलफलबाट टुङ्याउने मन्त्री र सचीवको आश्वासन


इन्जिनियर्स नेपाल |  जेठ १७, २०७९,


engineersnepal.com

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कर्मचारी यूनियनहरुले बजेट बक्तव्यमा स्थानीय पुर्वाधार विभाग खारेज गरेको बिषयमा बिभागिय मन्त्री रेणु यादव र सचीव गोपाल प्रसाद सिग्देललाई ध्यानाकर्षण गराएका छन् ।

स्थानीय पुर्वाधार विभाग खारेज गर्दा प्रदेश अन्तर्गत स्थानीय बिकास कार्यालय मार्फत निर्माण भएका अर्बैका भौतिक पुर्वाधारहरु संरक्षणमा चुनौती थपिने भन्दै कर्मचारी यूनियनहरुले ध्यानाकर्षण गराएका हुन् । 


ADVERTISEMENT

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्यको बुँदा नं ३०५ मा "स्थानीय पुर्वाधार विभाग खारेज गरी बिभागमा रहेका प्राविधिक कर्मचारी मध्ये १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पुर्वाधार बिकास सहजीकरण इकाइमा रहने तथा बाँकी कर्मचारी प्रदेश सरकार र भौतिक पुर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने ब्यवस्था मिलाएको छु" भन्ने उल्लेख छ ।

स्थानीय पुर्वाधार विभागका कर्मचारीहरुलाई भौतिक पुर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन गर्दा आउने समस्याबारे पनि यूनियनले मन्त्री यादवको ध्यानाकर्षण गराएको छ ।

सरोकारवाला सम्बद्ध सबै पक्षसंग छलफल गरि समायोजनहुने संस्थामा कार्यरत कर्मचारीको बृत्तिबिकासमा असर नपर्नेगरि समायोजन गरिने मन्त्री यादवले आश्वासन दिएको इन्जिनियर ज्ञानेन्द्र प्रसाद कलौनीले जानकारी दिए । 



Your Comments