आरओआरको पीपीए पर्खिनभन्दा जलाशययुक्त आयोजनामा लगानी थाल्न उर्जामन्त्रीको आग्रह

आरओआरको पीपीए पर्खिनभन्दा जलाशययुक्त आयोजनामा लगानी थाल्न उर्जामन्त्रीको आग्रह


इन्जिनियर्स नेपाल |  चैत २१, २०७८,


engineersnepal.com

काठमाडौ, २१ चैत । निजी प्रवद्र्धकले प्रतिक्षा गरिरहेको जल प्रवाहमा आधारित (आरओआर)आयोजनाको विद्युत् खरिद विक्री संझौता गर्न तत्काल नपाउने देखिएको छ । सोमबार सम्पन्न हिमालयन हाईड्रोको जलविद्युतीय नीतिसम्बन्धी सत्रमा ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले यस्ता आयोजनाको पीपीए  प्रतिक्षा गर्नुभन्दा जलाशय तथा अर्धजलाशययुक्त आयोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेकी हुन् ।


जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोच विचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पुरा भइसकेकाले पीपीएमा समस्या परेको उनले बताइन् । यसै कारण आरओआरको पीपीए गर्न सक्ने अवस्था नरहेको उनले स्पष्ट पारिन् ।


ADVERTISEMENT

 

“मुलुकको आवश्यकता, बजारको अवस्थाजस्ता बहुआयामिक विश्लेषण गरेर मात्र सवै अगाडी बढ्ने हो,” उनले भनिन्, “अहिलेको आवस्यकता जलाशय तथा अर्धजलाशययुक्त आयोजना हो अब प्रवद्र्धकहरु त्यता आउनुस् ।” 

 

सो अवसरमा उनले यसका वावजुत धेरै लगानी गरिसकेका र साँच्चै नै दिनुपर्छ भन्ने अवस्थाका आरओआर आयोजना भए गाम्भिर्यता हेरेर पीपीए गर्न सकिने संकेत उनको थियो । मन्त्री भुसालले ऊर्जाको विकासमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदानको खुलेर प्रंशसासमेत गरिन् ।

 

कार्यक्रममा मन्त्रालयकै ऊर्जा महाशाखा प्रमुख मधुप्रसाद भेटवालले निजी क्षेत्रको हित रक्षाकै लागि पनि आरओआरको पीपीए गर्नु हानिकारक हुने औल्याए । ‘अहिले प्रवद्र्धकहरुले थोरैमात्र खर्चगर्नु भएको छ,’ उनले भने, “बजार नभएको समयमा पीपीए गरेर अव  थप लगानी जोखीममा पनि पार्ने कुरा भएन मागअनुसारको मात्र उत्पादन गर्ने हो ।” 

 

आवश्यकता अनुसार आयोजना विकास गर्दै जानुपर्ने उनले बताए । हाल माग गरेका सवैलाई पीपीए र अनुमति दिने हो भने ५० हजार गिगावाट आवर विद्युत् थपिने र त्यो खपत नभएर अर्को दुर्घटना निम्तने खतरा उनले औल्याए ।

 

“सवैलाई पीपीए गर्ने हो भने बिजुली खेर जान्छ, ऊर्जा असन्तुलन बढ्छ,” उनले भने, ‘यसो हुँदा नेपाल विद्युत् प्राधिकरण, ऊर्जा उत्पादक हुँदै बैंक वित्तीय सँस्था समेत डुब्ने अवस्था आउने खतरा छ ।” कार्यक्रममा इपान कार्य समिति सदस्य प्रकाश दुलालले विगत तीन वर्षदेखि १० हजार ३९७ मेगावाटका आयोजनाको पीपीए विद्युत् प्राधिकरणले रोकेको भन्दै खुलाउन आग्रह गरे । 



Your Comments