पूर्वाञ्चल क्याम्पसका ७ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अस्थायी सिम्बोल नम्बर

पूर्वाञ्चल क्याम्पसका ७ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अस्थायी सिम्बोल नम्बर


इन्जिनियर्स नेपाल |  चैत १३, २०७८,


engineersnepal.com

शुल्क बुझाए पनि परीक्षामा सहभागी हुन नपाएका पूर्वाञ्चल क्याम्पस धरानका ७ जना विद्यार्थीलाई अस्थायी सिम्बोल नम्बर दिएर परीक्षामा सामेल गराइने सहमति भएको छ । 

 


ADVERTISEMENT

क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच परीक्षामा छुटेका विद्यार्थीलाई अस्थायी सिम्बोल नम्बर दिएर तत्काल परीक्षामा सहभागी गराउने सहमति भएको हो । 

 

परीक्षापछि आधिकारिकताको लागि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) सँग क्याम्पसले नै प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । यो सहमति कार्यान्वयन नभएर विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

 

पूर्वाञ्चल क्याम्पस धरानका ७ जना विद्यार्थीले शुल्क बुझाए पनि परीक्षामा सामेल हुन नपाएका हुन् । 

 

विद्यार्थीका अनुसार फारम भर्न अनलाइन प्रक्रिया पूरा गरे तापनि सर्भरको समस्याले उनीहरुले प्रवेश पत्र नपाएका हुन् । परीक्षा दिन नपाएका विद्यार्थीहरुमा साची ताम्राकार, तेज बहादुर खत्री, अरविन्द कुमार यादव, राम विनोद घिमिरे, रिसब आचार्य, सागर घिमिरे छन् ।

 

विद्यार्थीहरुले संस्थानका डीनलाई पत्र लेख्न चैत ६ देखि भइरहेको परीक्षामा सहभागी गराउन माग गरेका थिए । 
 



Your Comments