पूर्वाञ्चल क्याम्पसका ७ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन माग गर्दै आन्दोलन

पूर्वाञ्चल क्याम्पसका ७ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन माग गर्दै आन्दोलन


इन्जिनियर्स नेपाल |  चैत १०, २०७८,


engineersnepal.com

पूर्वाञ्चल क्याम्पस धरानका ७ जना विद्यार्थीले शुल्क बुझाए पनि परीक्षामा सामेल हुन नपाएको जनाएका छन् । उनीहरुले आफूहरुलाई परीक्षामा सहभागी गराउन त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ संस्थानका डीनसँग माग गरेका छन् । 

 


ADVERTISEMENT

विद्यार्थीहरुले संस्थानका डीनलाई पत्र लेख्न चैत ६ देखि भइरहेको परीक्षामा सहभागी गराउन माग गरेका हुन् । पूर्वाञ्चल क्याम्पस धरानका ७ जना विद्यार्थीले शुल्क बुझाउनुका साथै अनलाइनमार्फत फारम भरेका थिए । 

 

विद्यार्थीका अनुसार अनलाइन प्रक्रिया पूरा गरे तापनि सर्भरको समस्याले उनीहरुले प्रवेश पत्र नपाएका हुन् । परीक्षा दिन नपाएका विद्यार्थीहरुमा साची ताम्राकार, तेज बहादुर खत्री, अरविन्द कुमार यादव, राम विनोद घिमिरे, रिसब आचार्य, सागर घिमिरे छन् । उनीहरुलाई परीक्षामा सहभागी गराइदिन क्याम्पस प्रमुख ओमप्रकाश ढकालले पनि संस्थानलाई पत्र लेखेका छन् ।

 

विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त नगरेको र चैत ६ गतेदेखि सुरु भएको परीक्षामा सहभागी हुन नपाएको जनाएका छन् । डीन कार्यालयको बेवास्ताले ती विद्यार्थीको ४ वर्षको अध्ययन अवधि नै खेर जानसक्ने जनाइएको छ । त्यसैले बाँकी परीक्षामा सहभागी गराउनुपर्ने उनीहरुको माग छ । 
 

 



Your Comments