जनकपुर‐जयनगरमा रेल चलाउन रेलवे अध्यादेश जारी

जनकपुर‐जयनगरमा रेल चलाउन रेलवे अध्यादेश जारी



engineersnepal.com

फाइल फोटो


चैत ८, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलवार रेल्वे अध्यादेश जारी गरेकी छिन् । २ पटकसम्म अध्यादेश जारी भए पनि ती अध्यादेश निष्क्रिय भएपछि भण्डारीले मंगलवार तेस्रोपटक रेलवेसम्बन्धी अध्यादेश–२०७८ जारी गरेकी हुन् ।

 


ADVERTISEMENT

सो रेलमार्गमा रेल चलाउन १९ महीनाअघि ल्याइएका २ सेट रेल प्रयोगविहिन भएका बेला भण्डारीले मंगलवार अध्यादेश जारी गरेकी हुन् । यो अध्यादेश आएसँगै रेल सञ्चालनका लागि भने बाटो खुलेको छ । यद्यपी २ महीनाभित्र अध्यादेश पारी भएमा मात्रै रेल चलाउन बाटो खुल्नेछ ।

 

कानुन नहुँदा रेल चलाउन नसकेको नेपाल रेलवे कम्पनीले जनाएको छ । यद्यपी अध्यादेश आएसँगै रेल चलाउन बाटो खुलेको कम्पनीले जनाएको छ । सो रेलमार्गमा रेल चलाउन भन्दै २०७८ बैशाख २३ गते र मंसिर १६ गते पनि ‘रेलवे अध्यादेश– २०७८’ जारी भएको थियो ।



Your Comments