नेइए निर्वाचन : ३ हजार ९३० मतसहित सिडेनका ई.हरिबहादुर दर्लामीको प्यानल निर्वाचित

नेइए निर्वाचन : ३ हजार ९३० मतसहित सिडेनका ई.हरिबहादुर दर्लामीको प्यानल निर्वाचित



engineersnepal.com

काठमाडौं, चैत २ । नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को नयाँ नेतृत्वमा ई. हरिबहादुर दर्लामीको प्यानल नै निर्वाचित भएको छ । फागुन २७ गते शुक्रवार भएको नेइए निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)का दर्लामी ३ हजार ९३० मतले विजय भएका हुन् भने अन्य पदमा पनि दर्लामीसहितको प्यानल निर्वाचित भएको छ ।

 


ADVERTISEMENT

बुधवार आएको अन्तीम मत परिणामसँगै अब नेइएको नेतृत्वमा दर्लामी नियुक्त हुने भएका छन् । नेइएको ३३ औं केन्द्रिय कार्यकारिणी समिति, ७ वटै प्रदेश दोस्रो कार्यकारिणी समिति र नेपाल इन्जिनियरिङ परिषद् सदस्यका लागि निर्वाचन भएको हो ।

 

एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि विभिन्न ५ वटा समूहको प्रतिस्पर्धामा थिए । दर्लामीको समूहका साथै कांग्रेसकै  दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको थियो ।

 

यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका ई. डा.सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट ई.डा. हरिराम पराजुलीको प्यानल चुनावी मैदानमा उत्रिएका थिए । 

 

यस्तै नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका ई. राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा थिए । तर, नतिजा भने सिडेनको पक्षमा आएको छ ।नेइए निर्वाचन समितिले जारी गरेको अन्तीम मत परिणामअनुसार उपाध्यक्षमा ४ हजार २१ म्तसहित ई.डा. नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । महासचिवमा ४ हजार २९८ मत लिएर ई.रबिभूषण झा विजयी भएका छन् ।

 

यस्तै, उपमहासचिवमा ई. सरोज धिताल निर्वाचित भएका छन् भने उनले ३ हजार ६८३ मत पाए । कोषाध्यक्षमा भने दिनेश त्रिपाठी निर्वाचित भएका छन् । उनले ३ हजार ६०५ मत प्राप्त गरेर विजय भएका हुन् । यस्तै सहकोषाध्यक्षमा भने ई.दीपक अधिकारी ३ हजार ३४२ मतसहित वियजी भएका छन् ।

 

३३ औं कार्यकारिणी सदस्यमा ईन्जिनियरहरु क्रमशः रिजन चापागाई, सागर भट्टराई, विनोदबहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनिष मल्लिक, अशेष निरौला, हरिनारायण राय यादव, खुमबहादुर भण्डारी र विद्या बराल निर्वाचित भएका छन् । यसैगरी परिषद् सदस्यमा ईन्जिनियर क्रमशः होमनाथ पोखरेल, पोषण थापा, राजन लामा, अजयकुमार झा र हरिराम दवाडी निर्वाचित भएका छन् ।



Your Comments