निर्माण व्यवसायी महासंघको नेतृत्वमा पुनः रबि सिंह नै निर्वाचित

निर्माण व्यवसायी महासंघको नेतृत्वमा पुनः रबि सिंह नै निर्वाचित


इन्जिनियर्स नेपाल |  फागुन ३०, २०७८,


engineersnepal.com

नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वमा पुनः वर्तमान अध्यक्ष रबि सिंह नै निर्वाचित भएका छन् । आइतवार सम्पन्न भएको २३ औ साधारणसभा र १२ औं अधिवेशनले सिंहसहित उनका प्यानलका सबै उम्मेदवारहरु निर्वाचित भएका छन् ।


निर्वाचनमा ११८१ मत खसेकोमध्ये सिंहले ७६५ मत हासिल गरेका थिए । उनका प्रतिस्पर्धि निकोलस पाण्डेले ३३७ र अर्का प्रतिस्पर्धि हुमनाथ कोइरालाले ३२ मत पाएर पराजित भए । 


ADVERTISEMENT

 

अध्यक्षमा सिंहसहित वरिष्ठ उपाध्यक्ष आङ्दोर्जी लामा, उपाध्यक्षहरु प्रदेश १ का मोहन प्रसाद अधिकारी, मधेस प्रदेश शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, लुम्बिनी प्रदेशमा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशतर्फ रत्न बहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा प्रकाश सेठी निर्वाचित भएका छन् ।  

 

महासचिवमा वर्तमान महासचिव रोशन दाहाल नै व्याक भएका छन् । 



Your Comments