आइओइले खुलायो इन्जिनियरिङतर्फ स्नातक तहको भर्ना

आइओइले खुलायो इन्जिनियरिङतर्फ स्नातक तहको भर्ना


इन्जिनियर्स नेपाल |  फागुन ११, २०७८,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)ले स्नातक तहतर्फको बीई तथा बी आर्कतर्फ विभिन्न १२ विधाका इन्जिनियरिङ अध्ययनका लागि भर्ना खुलाएको छ । आइओइले सूचना जारी गर्दै आंगिक क्याम्पसहरुमा उक्त तहका लागि नियमिततर्फ २ हजार ४० का लागि  भर्ना खुलाएको हो । 

 


ADVERTISEMENT

आइओइले सिभिल, आर्किटेक्चर, इलेक्ट्रिोकल, इलेक्ट्रोनिक्स, कम्युनिकेश एण्ड इन्फरमेशन, मेकानिकल, कम्प्युटर, एरोस्पेस इन्जिनियरिङ, एग्रिकल्चर, इन्डिष्ट्रियल, जियोमेटिक्स, अटोमोवाइल इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ कार्यक्रमका लागि नियमिततर्फ भर्ना खुलाएको हो । 

 

पुल्चोक क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पुर्वाञ्चल क्याम्पस, थापाथली क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पसमा अध्ययन सिट निर्धारण गर्दै आइओइले भर्ना खुलाएको छ । 

 



Your Comments