पाँचखाल स्मार्ट सिटी विकास गर्न सिंगापुरको कम्पनीसँग समझदारी

पाँचखाल स्मार्ट सिटी विकास गर्न सिंगापुरको कम्पनीसँग समझदारी


इन्जिनियर्स नेपाल |  फागुन ३, २०७८,


engineersnepal.com

काभ्रेस्थीति पाँचखाल स्मार्टसिटी विकास गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

 


ADVERTISEMENT

नेपालको निफ्रा र सिंगापुरको सो कम्पनीबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

निफ्राका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै एमओयुमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म एसजे कम्पनीले स्मार्ट सिटीको प्रारम्भिक अध्ययन विश्लेषणसम्बन्धी काम गर्नेछ । 

 

त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा लगानी जुटाउने तयारी गरेको छ । उक्त नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयनमा जग्गा प्राप्ती गर्न आवश्यक सहकार्य गर्ने भएको छ ।

 

नेपालकै पहिलो परियोजना बन्ने यो स्मार्ट सिटीले करिब ५ हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । 



Your Comments