आइओइले स्नातक तहतर्फको प्रवेश परिक्षा फागुन ८ गतेदेखि सुरु गर्ने (सूचना सहित)

आइओइले स्नातक तहतर्फको प्रवेश परिक्षा फागुन ८ गतेदेखि सुरु गर्ने (सूचना सहित)


इन्जिनियर्स नेपाल |  माघ १०, २०७८,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०७८/७९ को स्नातक (बीई/बी.आर्क)तर्फका विद्यार्थीहरुका लागि भर्ना कार्यक्रम सञ्चालन गर्ने तयारीअनुसार प्रवेश परिक्षाको मिति तोकको छ । 

 


ADVERTISEMENT

आईओइले फागुन ८ गतेदेखि प्रवेश परिक्षा लिन आइओइअन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुलाई निर्देशन दिएको छ । बीई. तथा बी.आर्कतर्फको विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिमार्फ प्रवेश परिक्षा सञ्चालन गरिने आईओइले जनाएको छ । 

 

प्रवेश परिक्षाको शुल्क भने २ हजार रुपैयाँ तोकिएको छ । आवेदक विद्यार्थीहरुले शुल्क भने माघ २७ गते र सोही दिनको ५ बजेसम्ममा आवेदन फारम बुझाइसक्नु पर्ने आईओइले जनाएको छ । आईओइका आंगिक क्याम्पस ५ वटा र सम्बन्धन प्राप्त १० वटा गरी विभिन्न १५ वटा क्याम्पस तथा कलेजहरु छन् । 

 

आईओइले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेसन, मेकानिकल, कम्प्युटर, एग्रिकल्चर, इन्डष्ट्रयल, जियोमेटिक्स, आटोमोवाइल, एरोस्पेस, केमिकल इन्जिनियरिङ र आर्किटेक्चर विधामा विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा गर्दै आएको छ ।



Your Comments