चावहिल र मित्रपार्कमा सार्न मिल्ने आकाशे पुल बन्ने, लागत १ करोड ३० लाख

चावहिल र मित्रपार्कमा सार्न मिल्ने आकाशे पुल बन्ने, लागत १ करोड ३० लाख



engineersnepal.com

काठमाडौं महानगरपालिकाले चाबहिल र मित्रपार्कमा आकाशे पुल बनाउने भएको छ । चावहिलको चोक र मित्रपार्क गरी २ ठाउँमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास आइतवार गरिएको छ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले र वडाध्यक्ष शुद्धकुमार डंगोलले पुलको शिलान्यास गरेका हुन् । 

 


ADVERTISEMENT

महानगरपालिकाको भ्याटबाहेक १ करोड ३० लाख ४२ हजार रुपैयाँको लागतमा बन्ने ती पुलको आइतवार महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् ।
कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने जानकारी दिए ।

 

“स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौँ”, उनले भने ।चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको उनको भनाइ छ । यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमा समेत पुल निर्माण भइरहेको छ । 


चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताए । सविरा कन्स्ट्रक्सनले निर्माण गर्न लागेको उक्त पुल विसं २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइका हुने महानगरले जनाएको छ ।



Your Comments