काठमाडौंका ३६ स्थानमा बहुतल्ले मेकानिकल पार्किङ बनाउन प्रस्ताव माग

काठमाडौंका ३६ स्थानमा बहुतल्ले मेकानिकल पार्किङ बनाउन प्रस्ताव माग



engineersnepal.com

नगर विकास कोषले काठमाडौंका विभिन्न ३६ स्थानलगायत अन्य सम्भावित स्थानमा बहुतल्ले मेकानिकल पार्किङ बनाउन सम्बन्धीत निकायसँग प्रस्ताव माग गरेको छ । कोषले शुक्रवार सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा पार्किङ बनाइ सञ्चालनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । 

 


ADVERTISEMENT

कोषले स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थाबाट अबको १५ दिनभि लिखित कागजातसहितको प्रस्ताव पेश गर्न आह्वान गरेको हो । त्यसका लागि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)को प्रतिलिपी, नापी नक्साको सक्कलप्रति, संघसंस्थाको नविकरणसहित दर्ता प्रमाणपत्र पेश गर्न कोषले आग्रह गरेको छ ।

 

यस्तै ती कागजातसँगै प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णसहितका कागजात पेश गर्न पनि कोषले भनेको छ । कोषले काठमाडौंको थापाथली, त्रिपुरेश्वर, कालिमाटीलगायतका स्थानमा पार्किङका लागि स्थानहरुलाई सम्भाव्य स्थान तोकेको छ । कोषले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ ।

 



Your Comments