इन्जिनियरिङ अध्ययन संस्थानद्धारा स्नातक तहका सबै परिक्षा स्थगित, ९ गतेसम्म महाशाखा बन्द

इन्जिनियरिङ अध्ययन संस्थानद्धारा स्नातक तहका सबै परिक्षा स्थगित, ९ गतेसम्म महाशाखा बन्द



engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)ले सञ्चालन भइरहेका स्नातक तह सबै वर्ष दोस्रो खण्डका सम्पूर्ण परिक्षाहरु र नियमित सर्वे क्याम्पको भाइवालगायतका परिक्षाहरु स्थगन गरेको छ ।

 


ADVERTISEMENT

विहिवार बसेको त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा बसेको बैठकले परिक्षहरु स्थगन गर्ने निर्णय गरेको हो । आइओइ परिक्षा नियन्त्रण महाशाखाले अर्काे सुचना प्रकाशित नभएसम्म माघ ७ शनिवारदेखि अनिश्चितकालका लागि परिक्षा स्थगन गरिएको जनाएको छ । यो निर्णयसँगै पुल्चोकलगायतका १५ वटा इन्जिनियरिङ क्याम्पसहरुले परिक्षा गर्नेछैनन् ।

 

कर्मचारीमा कोभिड भएपछि ९ गतेसम्म महाशाखा बन्द
 

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)को परिक्षा नियन्त्रण महाशाखाका कर्मचारीहरुलाई कोभिड संक्रमण भएपछि ९ गतेसम्म महाशाखा बन्द हुने भएको छ । महाशाखामा कार्यरत केही कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ पुष्टी भएको भन्दै शुक्रवारदेखि आइवारसम्म महाशाखाको कार्यालयको दैनिक सेवा बन्द रहने महाशाखाले विहिबार सूचना निकालेर जानकारी दिएको छ । 

 

No description available.

कर्मचारीमा कोभिड भएपछि ९ गतेसम्म महाशाखा बन्द

 



Your Comments