त्रिविका वार्षिक तथा सेमेष्टरका सम्पूर्ण परिक्षाहरु स्थगित

त्रिविका वार्षिक तथा सेमेष्टरका सम्पूर्ण परिक्षाहरु स्थगित



engineersnepal.com

त्रिभूवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय, बल्खुले वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परिक्षा स्थगित गरेको छ । आज विहिवार बसेको त्रिवि केन्द्रिय परिक्षा सञ्चालक समितिको बैठकले माघ ९ गतेदेखि अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सबै परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । 


त्रिविअन्तर्गतका हाल सञ्चालन भइरहेका अधिकांश परिक्षाहरु सम्पन्न भइसकेको र केही परिक्षाहरु सम्पन्न हुने क्रममा रहेको त्रिविले सूचनामा जनाएको छ । विहिबार सूचना जारी गर्दै त्रिविले सञ्चालनको पुर्वतयारीमा रहेका परिक्षाहरु स्थगन गरेको जनाएको छ । 


ADVERTISEMENT

 

ओमिक्रोन भेरियन्टको तिब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परिक्षा केन्द्रमा परिक्षासँग सम्बन्धीत विद्यार्थी, कर्मचारी तथा प्रध्यापकहरु समेत संक्रमित भएको भन्दैै परिक्षा सञ्चालक समितिले अर्काे सूचना जारी नहुँदासम्म सम्पूर्ण परिक्षाहरु स्थगित गरिएको जनाएको छ ।

 



Your Comments