त्रिभूवन र पुर्वाञ्चल विश्वविद्यालयका परिक्षा सञ्चालन, केयुद्धारा परिक्षा स्थगन

त्रिभूवन र पुर्वाञ्चल विश्वविद्यालयका परिक्षा सञ्चालन, केयुद्धारा परिक्षा स्थगन



engineersnepal.com

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च भए पनि त्रिभूवन विश्वविद्यालय (टीयु) र पुर्वाञ्चल विश्वविद्यालय (पीयु)ले परिक्षा सञ्चालनलाई निरन्तरता दिएका छन् । तर, यता काठमाडौं विश्वविद्यालयले भने परिक्षा तत्काल सञ्चालन नगर्ने जनाएको छ ।

त्रिविको कानुन संकायतर्फको परिक्षा मिति पनि सार्वजनिक गरेको छ, भने अन्य संकायका स्नातक तहका परिक्षाहरु सञ्चालन गरिरहेको छ । तर, यसैबीच संक्रमणकै अवस्थामा पनि परिक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका थिए । 


ADVERTISEMENT


पुर्वाञ्चल विश्वविद्यालयले स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरु पालना गर्दै विभिन्न संकायका नियमित तथा आंशिक परिक्षाहरु सञ्चालन गरिरहेको सूचना नै जारी गरेको छ । सबै परिक्षार्थीहरुलाई सुरक्षा अपनाएर आआफ्नो परिक्षा केन्द्रमा उपस्थित हुन पनि आग्रह गरेको छ ।


केयुका सहायक प्रवक्ता उद्धव प्याकुरेलले कतिपय परिक्षाहरु हुने र त्यसमा सरकारले तोकेका मापदण्डअरु पुरा गरेर परिक्षा गर्ने बताए । कोभिड पोजिटिभ भएर परिक्षा नदिएका विद्यार्थीहरुको हकमा पनि सेमेष्टर ढिलाइ हुने जस्ता समस्या नभएको उनले जनाए ।  


पोजिटीभ भएर जाँच दिन नसक्ने विद्यार्थीहरुलाई भने उनीहरुले परिक्षा दिन सक्ने भएपछि नियमित सरह नै परिक्षा लिएर नै अन्य विद्यार्थीहरुले जस्तै सेमेष्टरमा अपग्रेड हुन पाउने नीति केयुले लिएको उनले बताए ।  यद्यपी केयुले संक्रमण बढ्दो क्रममा देखिएपछि माघ २ गतेदेखि हुने भनिएको व्यवस्थापन संकायतर्फको परिक्षा भने तत्काल स्थगन गरेको छ ।



Your Comments