७ वटा निर्माण कम्पनी २ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा

७ वटा निर्माण कम्पनी २ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा



engineersnepal.com

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार समयमै निर्माण पूरा नगरेको भन्दै विभिन्न सार्वजनिक निकायले सिफारिस गरेपछि कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।


उक्त कार्यालयको सूचना जारी गरी निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ । 


ADVERTISEMENT


कर्णाली प्रदेशको  सल्यानस्थित पूर्वाधार विकास कार्यालय कार्यालयको सिफारिसमा काठमाडौँको महाराजगञ्जस्थित आरोग्य कन्स्ट्रक्शन प्रालिलाई ३ वर्षका लागि र दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा काठमाडौँकै हाँडीगाउँस्थित डाइग्नोकेस जय शम्भु जेभीलाई २ वर्षका लागि कार्यालयले कालोसूचीमा राखेको हो ।


यसैगरी तुलसीपुरस्थित बालन ब्रदर्स कन्स्ट्रक्शन एण्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्शन प्रालि, अनामनगरस्थित ग्रीन टेक प्रोजेक्ट प्रालि, बाँकेको सोनारीस्थित एसएनसी निर्माण सेवा प्रालि र लुम्बिनीको रुपन्देहीस्थित शाह निर्माण सेवा कम्पनीलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।


कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ । यसैगरी कालोसूचीमा परेका कम्पनीले उक्त अवधिसम्म सार्वजनिक खरिदमा सहभागी हुन पाउनेछैनन् ।



Your Comments