प्रगतिशिल इन्जिनियरको कुपण्डोल घोषणापत्र : विकल्प हुँदा पनि निर्वाचन मिति सार्नु गलत
प्रगतिशिल इन्जिनियरको कुपण्डोल घोषणापत्र : विकल्प हुँदा पनि निर्वाचन मिति सार्नु गलत
आयोजना स्थलमा इन्जिनियरिङ सेफ्टीको सुनिश्चिता गर्न माग

एकिकृत प्रगतिशिल इन्जिनियर समूहको अनलाइन भेलाले विभिन्न विषयमा केन्द्रीत रहेर १३ बुँदे कुपण्डोल घोषणापत्र जारी गरेको छ । कोरोना संक्रमण उच्च भएपछि नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को निर्वाचन स्थगन भएपछि अनलाइन भेला गरेको उक्त समुहले विकल्पका बीच निर्वाचन मिति सारेको प्रति खेद प्रकट गरेको छ ।
नेइएको ३२ औं कार्यकारिणी तथा केन्द्रिय निर्वाचन समितिले ५ औं पटक निर्वाचन स्थगन गरेकोप्रति भेलाले खेद प्रकट गरेको छ । बैकल्पिक उपाय अबलम्बन गरेर भए पनि, धेरैवटा मतदान केन्द्र, उपकेन्द्र निर्वाचन धेरै दिन लगाएर भए पनि वा ई–भोटिङ वा अनलाइन भोटिङका विकल्पहरुबाट छिटो निर्वाचनको सुनिश्चिता गर्न माग गरिएको छ ।
यस्तै बैकल्पिक माध्यम इभोटिङ वा अनलाइन भोटिङका विषयमा साझा धारणा बनाई कार्यान्वयन गराउने दिशामा अघि बढ्न पनि माग गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी इन्जिनियर तथा आर्किटेक्टहरुको कार्यरत आयोजना स्थलमा इन्जिनियरिङ सेफ्टीको सुनिश्चिता गर्न पनि माग गरिएको छ ।
घोषणापत्रअनुसार यस्तो सुरक्षाका लागि आयोजनाको इस्टिीमेटमा नै १ दशमलव ५ देखि ३ प्रतिशतसम्म बजेटको व्यवस्था गर्न, मेडिकल, दुर्घटना, जीवन बीमाको सुनिश्चितता लगायतका विषयहरु सम्बोधन गर्न आग्रह गरिएको छ ।
यस्तै समुहले ७ वटै प्रदेशमा नेइएको इन्जिनियर्स भवन, अधिका सम्पन्न स्वायत्त प्रदेश समिति र केन्द्रबाट पूर्ण रुपले सहयोग हुने घोषणा गरेको छ । इन्जिनियरहरुका ३ वटा समुहको संयुक्त प्यानल प्रगतिशिल समुहले ३३ औं निर्वाचनमा अध्यक्षलगायतका पदमा १३४ जनालाई उम्मेवदारी बनाएकोे छ । यो समुहमा नेपाल राष्ट्रिय इन्जिनियर्स संगठन, सोसलिस्ट इन्जिनियरिङ एसोसिएसन नेपाल र नेपाल इन्जिनियरिङ समाज छन् ।