एकीकृत प्रगतिशील इन्जिनियर समूहले अनलाइन भेला गर्ने

एकीकृत प्रगतिशील इन्जिनियर समूहले अनलाइन भेला गर्ने



engineersnepal.com

एकीकृत प्रगतिशील इन्जिनियर समूहले नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनका सम्बन्धमा आफ्नो एजेण्डा सार्वजनिक गर्न माघ ३ गते सोमबार राष्ट्रिय अनलाइन भेला आयोजना गरेको छ । 

माघ ७ गते तोकिएको एशोसिएसनको निर्वाचन अनिश्चत समयका लागि स्थगित भए पछि इन्जिनियर समूहले आफ्नो धारणा राख्न भेला आयोजना गरेको हो । 


ADVERTISEMENT

आयोजकको मुख्य समूह ललितपुर कुपण्डोल स्थित एटमस्फियर रेस्ट्रोेबाट कार्यक्रममा जोडिने छ भने अनलाइन मार्फत सातै प्रदेशबाट कार्यक्रममा सहभागी हुन मिल्ने ब्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।  

पौष ३० गते बसेको एशोसिएसनको निर्वाचन समितिले कोभिड-१९ संक्रमणको बढ्दो जाखिम देखाउदै अनिश्चतकालको लागि निर्वाचन स्थगित गरेको थियो । 

करिब एक बर्ष अघि देखि एशोसिएसनको ३३ औं कार्यकारिणी समितिको निर्वाचन कार्यतालिक सुरु भएतापनि निर्वाचन समितिको आन्तरिक विवाद र कोभिड प्रभावका कारण पाचौं पटक पनि निर्वाचन सरेको छ । नेइएको घट्दो साख बचाउन सबै लाग्नुपर्ने उक्त समूहले धारणा राखेको छ । 

प्रेस विज्ञप्ती



Your Comments