माघ ७ गतेको नेइए निर्वाचन तत्कालका लागि स्थगन
माघ ७ गतेको नेइए निर्वाचन तत्कालका लागि स्थगन

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को माघ ७ गते हुने निर्वाचन तत्कालका लागि स्थगन गरिएको छ । नेइए निर्वाचन समितिले शुक्रवार बेलुका कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै तत्कालका लागि निर्वाचन स्थगन गरिएको जनाएको छ ।
ADVERTISEMENT
यो सूचनासँगै माघ ७ गते हुने ३३ औं कार्यकारिणी समितिको निर्वाचन नहुने भएको छ । निर्वाचन समितिका संयोजक घनश्याम भट्टराईद्धारा हस्ताक्षरित सूचनामा अर्काे सूचना जारी नहुँदासम्म नेइए निर्वाचन स्थगन गरिएको जनाइएको छ ।