सडक अनुगमनको क्रममा सब-इन्जिनियर कार्कीमाथि हातपात, कारबाहीको माग

सडक अनुगमनको क्रममा सब-इन्जिनियर कार्कीमाथि हातपात, कारबाहीको माग


इन्जिनियर्स नेपाल |  पुस ३०, २०७८,


engineersnepal.com

मोरङस्थीत कानेपोखरी गाँउपालिकाका प्राविधिक कर्मचारी सब-इन्जिनियर सुनिल कार्कीमाथि स्थानीय विकास गुरुङ (गणेश)ले हातपात गरेका छन् । सोही गाँउपालिका वडा नं. ४ बस्ने गुरुङले सडक अनुगमनका क्रममा उनीमाथि हातपात र अन्य कर्मचारीमाथि अपशब्द ब्यबहार गरेको भन्दै गाँउपालिकाका कर्मचारीले कारबाहीको माग गरेका छन् ।

 


ADVERTISEMENT

कानेपोखरी गाउपालिका ४ स्थीति श्याम राजवंशीको घर दक्षिण बाटो ग्रावेल योजनाको अनुगमन गर्न उपभोक्ता समितिका अध्यक्ष गोबिन्द प्रसाद न्यौपानले निवेदन दिएका थिए । सोहीक्रममा गाउँपालिका उपाध्यक्ष तगा अनुगमन समितिका संयोजक राजमती इङनामको नेतृत्वमा प्राविधिक टोदीले सडक अनुगमन गरेको हो । 

 

सोहीक्रममा हातपात भएको भन्दै कर्मचारीहरुले फिल्डमा खटिने कर्मचारीमाथि भएको अभद्र व्यबहारले मनोबल खस्किएको बताए । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।



Your Comments