नेइए निर्वाचनको टुंगो लगाउन निर्वाचन समितिको बैठक बेलुका बस्दै

नेइए निर्वाचनको टुंगो लगाउन निर्वाचन समितिको बैठक बेलुका बस्दै


इन्जिनियर्स नेपाल |  पुस २९, २०७८,


engineersnepal.com

कोरोना संक्रमण उच्च भएसँगै र सरकारले २५ जनाभन्दा बढी भेला नहुन सर्कुलर जारी गरेपछि अन्योलमा परेको नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को निर्वाचन गराउने वा नगराउने विषयको टुंगो लगाउन आज बेलुका बैठक बस्ने भएको छ ।

 


ADVERTISEMENT

काठमाडौं प्रमुख जिल्ला अधिकारीसँग बुधबार छलफल गरिसकेको नेइए निर्वाचन समितिका संयोजक घनश्याम भट्टराईले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीबाट राय सुझाव पाएको र आज बेलुका बैठक राखिएको र बैठकले माघ ७ गते नै चुनाव गर्ने वा नगर्ने विषयमा ठोस निर्णय गर्ने उनले जानकारी दिए । 

 

कोरोना भाइरसका कारण पटक पटक सरेको नेइए निर्वाचन यो पटक पनि सर्न सक्ने सम्भावना देखिएको छ । माघ ७ गते नेइएको ३३ औं कार्यकारिणी समिति, प्रदेश र परिषद्का सदस्यहरु निर्वाचनका लागि चुनाव गर्ने मिति तय भइसकेको छ, भने मतदान केन्द्र र मतदाता नामावलीसमेत सार्वजनिक भइसकेको छ । उक्त चुनावमा ७ वटै प्रदेशबाट २१ हजार ८६० जनाले मतदान गर्नेछन् ।



Your Comments