निर्माण व्यवसायी महासंघले पनि घोषणा गर्यो निर्वाचन कार्यक्रम

निर्माण व्यवसायी महासंघले पनि घोषणा गर्यो निर्वाचन कार्यक्रम


इन्जिनियर्स नेपाल |  पुस २८, २०७८,


engineersnepal.com

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो क्रममा रहेको र सरकारले २५ जनाभन्दा बढीको भेला नगराउन सर्कुलेसन जारी गरेका बेला विभिन्न संगठनले चुनावी तथा साधारणसभाका कार्यक्रमहरु घोषणा गरेका छन् । यस्तैमा नेपाल निर्माण व्यवसायी महासंघले आगामी फागुन २७ र २८ गतेका लागि साधारणसभा र निर्वाचन कार्यक्रम गर्ने सूचना जारी गरेको छ । 

 


ADVERTISEMENT

महासंघले बुधवार सूचना जारी गर्दै आगामी फागुनमा २३ औं साधारणसभा तथा निर्वाचन कार्यक्रम गर्ने जानकारी दिएको छ । महासंघले आगामी निर्वाचनका लागि प्रत्येक प्रदेश महासंघहरुबाट अध्यक्षसहित १५ जना साधारसभा प्रतिनिधिहरु पठाउन सूचना जारी गरेको छ । यसैगरी महासंघले फागुन २० गतेसम्म सदस्यता नविकरण गर्न पनि आग्रह गरेको छ ।



Your Comments