निर्माणसहित ८ कम्पनीलाई पीपीएमओले राख्यो कालोसूचीमा

निर्माणसहित ८ कम्पनीलाई पीपीएमओले राख्यो कालोसूचीमा


इन्जिनियर्स नेपाल |  पुस २७, २०७८,


engineersnepal.com

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले निर्माण कम्पनीसहित विभिन्न ८ वटा कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । कार्यालयले मंगलवार सूचना जारी गर्दै ५ वटा निर्माण कम्पनीसहित अन्य ३ आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ । 

 


ADVERTISEMENT

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय सडक सुपरिवेक्षण, कृषि अनुसन्धान परिषद्, महाभारत गाउँपालिका, उत्तर दक्षिण सडक योजना, चुरे संरक्षण विकास समिति र प्रहरी प्रधान कार्यालयको सिफारिसमा कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

 

कार्यालयका अनुसार काठमाडौंको एट्लास इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी, पोखराकोे भट्टराई बिल्डर्स, काठमाडौंकै इन्डस्ट्रियल अटोमेसन टेक्नोजोलीलाई १ वर्ष कालोसूचीमा, भक्तपुरको राज एण्ड एनजनउत्थान जेभीलाई २ वर्षसम्म कालोसूचीमा राखिएको छ ।  

 

यस्तै सिन्धुपाल्चोकको सगरमाथा योनटेन कन्स्ट्रक्सन एण्ड सप्लायर्स, तेह्रथुमको श्रीपाली निर्माण सेवा, काठमाडौंको प्रवेश अनिरुद जेभी र काठमाडौंकै न्यु कोइराला ब्रदर्स इन्टरप्राइजेजलाई कार्यालयले १÷१ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।



Your Comments