२५ जनाभन्दा बढी भेला हुन नपाउने सिसिएमसिको सिफारिसपछि नेइए निर्वाचन अन्योलमा

२५ जनाभन्दा बढी भेला हुन नपाउने सिसिएमसिको सिफारिसपछि नेइए निर्वाचन अन्योलमा


इन्जिनियर्स नेपाल |  पुस २५, २०७८,


engineersnepal.com

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समिति (सिसिएमसि)ले आइतवार सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस गरेपछि नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को निर्वाचन अन्योल देखिएको छ । 

 


ADVERTISEMENT

माघ ७ गते ३३ औं कार्यकारिणी समितिसहित प्रदेश र परिषद्का लागि निर्वाचनको तयारी अन्तीम चरणमा पुगेका बेला समितिको यस्तो निर्णयले नेइएको निर्वाचन पुनः अन्योल देखिएको छ ।

 

कोरोना भाइरसकै कारण पटक पटक चुनाव मिति सरेका बेला यस पटक पनि चुनावकै समयमा यस्तो सिफारिस भए पनि नेइएबाट भने अझै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

 

नेइएले अन्तीम मतदाता नामावली, मतदान केन्द्रसमेत सार्वजनिक गरिसकेको छ भने इन्जिनियरका संगठनहरु प्यानलसहित प्रचारप्रसारमा लागिसकेका छन् ।

 

 

 



Your Comments