नेइए निर्वाचन : लोकतान्त्रिक समूहबाट केन्द्र र प्रदेशमा उम्मेदवारी घोषणा

नेइए निर्वाचन : लोकतान्त्रिक समूहबाट केन्द्र र प्रदेशमा उम्मेदवारी घोषणा


इन्जिनियर्स नेपाल |  पुस २३, २०७८,


engineersnepal.com

माघ ७ गते शुक्रवार हुने नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको लागि केन्द्रीय कार्यकारिणीका लागि उम्मेवदारहरु घोषणा गरिसकेको लोकतान्त्रिक इन्जिनियरको समुह अर्थात् प्यानलले बागमती प्रदेशका लागि पनि उम्मेदवार घोषणा गरेको छ । 

 


ADVERTISEMENT

केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा ई. दिलिपकुमार झा, उपाध्यक्षमा ई. ऋषि कोइराला र महासचिवमा ई.कष्ण सिंह बस्नेतसहितको प्यानल छ । यसैगरी प्रदेशगत पनि यो समूहले उम्मेदवार घोषणा गरेको छ । बागमती प्रदेशको सभापतिमा स्थानीय पूर्वाधार विकास विभाग (डोलिडार)का महानिर्देशक समेत रहेका ई. जीवनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

 

श्रेष्ठको प्यानलमा उपसभापतिमा राजेश पाण्डे, सचिवमा इन्द्रमान सिंह सुवाल, सहसचिवमा प्रवेश कुमार आचार्य, कोषाध्यक्षमा कुमार भट्टको उम्मेदवारी छ । यसैगरी प्रदेश प्रतिनिधि सदस्यमा सुजितमान राजभण्डारी छन् भने सदस्यहरुमा रविन्द्रराज पन्त, हरिनारायण यादव, गौरब सिंह बस्नेत, श्रीधर भट्टराई, सञ्जय चन्द्र न्यौपाने, राजु श्रेष्ठ, दिपेश श्रेष्ठ र राजेश कुमार चोरबार रहेका छन् ।



Your Comments