नेइए निर्वाचन : ३ जना उम्मेदवारसँग सिडेनले माग्यो लिखित स्पष्टिकरण

नेइए निर्वाचन : ३ जना उम्मेदवारसँग सिडेनले माग्यो लिखित स्पष्टिकरण


इन्जिनियर्स नेपाल |  पुस २०, २०७८,


engineersnepal.com

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले आफ्ना उम्मेदवारहरुलाई पुनः समर्थन गर्दै लिखित वक्तव्य पेश गर्न समय दिएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को ३३ औं निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि ३ जना उम्मेदवारले प्रचारप्रसार गरेपछि उनीहरुको उम्मेदवारीलाई सिडेनले समर्थन गर्दै लिखित वक्तव्य पेश गर्न आग्रह गरेको हो ।

 


ADVERTISEMENT

सिडेनले केन्द्रीय कार्यकारिणी समितिमा ई.डा.हरिबहादुर दर्लामी, बागमती प्रदेशमा ई.रोहिणी पौडेल, प्रदेश नं. २ मा ई. श्याम किशोर यादवको प्यानल र इन्जिनियरिङ परिषद्का लागि उम्मेदवारहरुलाई समर्थन गरेको छ । उनीहरुको उम्मेदवारलाई समर्थन गर्दै सिडेनले पुस २१ अर्थात् बुधवार बेलुका ६ बजेसम्म केन्द्रिय कार्यालयमा उपस्थित हुन समेत उनीहरुलाई निर्देशन दिएको छ ।

 

यसैैगरी सिडेनले लिखित बक्तव्य जारी गरेर केन्द्रिय कार्यालयमा उपस्थित नभएमा पुस १२ गतेको कार्यकारिणी समितिको बैठकको निर्णअनुसार कारबाही अघि बढाउने जनाएको छ । सिडेनले प्रक्रिया बाहिर गई उम्मेदवारी दर्ता गरेको भन्दै उम्मेदवारी फिर्ता लिन मंसिर ३ गते निर्देशन दिएको थियो । 

 

May be an image of text



Your Comments