काठमाडौंमा बसेका इन्जिनियरलाई अत्यावश्यकबाहेक काममा फर्किन निर्देशन

काठमाडौंमा बसेका इन्जिनियरलाई अत्यावश्यकबाहेक काममा फर्किन निर्देशन


इन्जिनियर्स नेपाल |  पुस १९, २०७८,


engineersnepal.com

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मन्त्रालय तथा मातहतका कार्यालयका इन्जिनियरहरुलाई तत्काल कार्यक्षेत्रमा फर्किन निर्देशन दिएकी छिन् । पूर्वाधार निर्माणका लागि फिल्डमा खटिनुपर्ने इन्जिनियरहरू पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेपछि  मन्त्रालयले अत्यावश्यकबाहेक तत्काल काममा फर्किन उनीहरूलाई निर्देशन दिएको हो ।


संघीय संसद अर्थ समितिको बैठकमा मन्त्री यादवले अहिले ८० जनाभन्दा बढी इन्जिनियरहरू बिदा लिएर काठमाडौंमा बसेको बताइन् ।  अत्यावश्यक अवस्थामा बस्नुपर्ने बाहेक सबैलाई काममा फर्काउन सचिवलाई निर्देशन दिइसकेको उनको भनाइ छ । 


ADVERTISEMENT



Your Comments