एमएससी इन्ट्रान्समा क्ल्याम्पहुक एकेडेमीका विद्यार्थीको उत्कृष्ट नतिजा

एमएससी इन्ट्रान्समा क्ल्याम्पहुक एकेडेमीका विद्यार्थीको उत्कृष्ट नतिजा



engineersnepal.com

नेपाल इन्जिनियरिङ परिषद् (आइओइ)ले सुरु गरेको एमएससी इन्ट्रान्स परिक्षामा क्ल्याम्पहुक एकेडेमीका विद्यार्थीहरुले उत्कष्ट नतिजा ल्याएका छन् । केही समयअघि सञ्चालन भएको उक्त इन्ट्रान्सको बुधवार सार्वजनिक भएको नतिजामा क्ल्याम्पहुक एकेडेमीका विद्यार्थी शीर्ष १० सिटमा ६ सिट हासिल गर्न सफल भएका हुन् ।

 


ADVERTISEMENT

स्थापनाको छोटो अवधिमै क्ल्याम्पहुक एकेडेमीले विभिन्न क्षेत्रका तयारी कक्षाहरु सञ्चालन गरेर उत्कृष्ट नतिजा विद्यार्थीहरुलाई दिलाउन सफल भएको छ । त्यस्तै इन्ट्रान्स टपर सन्दिप ज्ञवाली र महिला टपर स्वाती आचार्य पनि यही संस्थाकै विद्यार्थी रहेका छन् ।

 

क्ल्याम्पहुकका अन्य विद्यार्थी सबिन शर्मा, बिक्की छन्त्याल, क्षितिज जोशी, सलिम महर्जन, र आगमन सुबेदीले क्रमशः दोश्रो, चौथो, आठौ, नबौ र दशौं स्थान हासिल गरेका छन् । प्रत्येक वर्ष हुने एमएससी इन्ट्रान्समा आइओइले करिब ६०० विद्यार्थीहरु छनोट गर्छ । 

 

सिभिल एण्ड एग्रिकल्चर, प्लानिङ एण्ड आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर, मेकानिकल एण्ड इन्डष्ट्रीयल, अप्लाइड साइन्स र जियोम्याटीक्स इन्जिनियरिङ गरी ७ ओटा विधामा विद्यार्थीहरुले परिक्षा दिन सक्छन् । 

 

आइओइले पुल्चोक क्याम्पसअन्तर्गत २३ वटा, थापाथली क्याम्पसमा ३ वटा, पश्चिमाञ्चालमा ५ र पुर्वाञ्चलमा एउटासहित ३२ ओटा कार्यक्रममा भर्ना लिदैं आएको छ । आइओइका अनुसार प्रत्येक कार्यक्रममा अधिकतम २० सिटसम्म भर्ना लिनेछ ।



Your Comments