इन्जिनियरिङ परिषदद्वारा १८ जना इन्जिनियरको लाइसेन्स खारेज, इन्जिनियरिङका काम गर्न नपाउने

इन्जिनियरिङ परिषदद्वारा १८ जना इन्जिनियरको लाइसेन्स खारेज, इन्जिनियरिङका काम गर्न नपाउने


इन्जिनियर्स नेपाल |  मंसिर २८, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरित काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरिदिएको छ । परिषद्ले विभिन्न उजुरीको आधारमा कामकारबाही गर्दा कैफियत देखिएको भन्दै अब इन्जिनियरिङका कुनै पनि काम गर्न नपाउने गरी १८ जनाको लाइसेन्स खारेज गरिदिएको हो ।

 


ADVERTISEMENT

परिषद्का रजिष्टार शिवमंगल गिरीले नाम दर्ता ऐनअनुसार परिषद्को दर्ता कितावबाट उनीहरुको नाम खारेज गरिएको जानकारी दिए । दर्ता किताबबाट नाम खारेज भन्नु नै इन्जिनियरको लाइसेन्स खारेज भन्ने हो । इन्जिनियरहरुका विरुद्ध उजुरी परेको र प्रहरी प्रशासनमार्फत पनि आउने हुँदा लाइसेन्स खारेज गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

 

कसैले आचारसंहिता उल्लंघन गरेमा र त्योबाहेकको काम गरेमा इन्जिनियरको लाइसेन्स खारेज हुने उनले बताए । यसका साथै भूलबस दर्ता भएकाहरुको पनि लाइसेन्स खारेज हुने व्यवस्था रहेको उनको भनाइ छ । लाइसेन्स खारेज हुने इन्जिनियर सिभिल र जियोलोजी विधाका हुन् ।

 

 

सम्पादकीय: इन्जिनियरिङ परिषद द्वारा १८ जना इन्जिनियरको लाइसेन्स खारेज भन्ने शीर्षकमा प्रकाशित यस समाचारमा नेपाल इन्जिनियरिङ परिषद्ले आफ्नो दर्ता किताबबाट नाम हटाइएको सुचीलाई आधार मानेर प्रकाशित समाचारमा परिषद्को सूचनामा उल्लेखित कैफियत छुट्दा गलत अर्थलागेको मा हामी क्षमाप्राथि छौं । यस अघिको उक्त शिर्षकको समाचारमा  छुट्न गएको कैफियत सहितको फोटो राखेर प्रकाशित गरिएको छ।

 

 



Your Comments