उपभोक्ता समितिबाट उठ्दै काष्ठमण्डप, निर्माणमा हालसम्म रु. ११ करोड ४२ लाख खर्च

उपभोक्ता समितिबाट उठ्दै काष्ठमण्डप, निर्माणमा हालसम्म रु. ११ करोड ४२ लाख खर्च


इन्जिनियर्स नेपाल |  मंसिर १८, २०७८,


engineersnepal.com

भुकम्पको ८ वर्ष लाग्दै गर्दा प्राचिन सम्पदा काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुननिर्माणका लागि कात्तिक मसान्तसम्ममा रु. ११ करोड ४२ लाख ६८ हजार खर्च भइसकेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ ।

 


ADVERTISEMENT

बैंकको व्याजसहित उपभोक्ता समितिलाई रु. ११ करोड ७५ लाख ७३ हजार उपलब्ध गराइएकोमध्ये हालसम्म सो खर्च भएको हो । काष्ठमण्डप पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएपछि प्रक्रिया अगाडि बढेको हो ।

 

०७५ को वैशाखबाट थालिएको कामका सुरु गरिएको हो । काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक पर्ने सबै रकम काठमाडौँ महानगरपालिकाले व्यहोर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता व्यक्त गरेका थिए । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि नगर कार्यपालिकाको २०७५ जेष्ठ २४ गते बसेको बैठकले उपभोक्ता समितिमार्पmत काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि जनस्तर वा अन्य कुनै पनि निकायबाट रकम लिएको छैन ।

 

जनताको अपनत्व गराउन जनसहभागिता रहने गरी र मौलिक बिधिको अनुसरण गरेर पुननिर्माणको काम भइरहेको छ । हालसम्मको प्रगति जानकारी गराउँदै समितिका अध्यक्ष शाक्यले भने, ‘हामी पुननिर्माणको अन्तिम चरणमा छौँ । छिट्टै नै यसको औपचारिक शुरुवात गर्नेछौँ ।’ पुननिर्माणको सिकाइको सन्दर्भ उठाउँदै शाक्यले काष्ठमण्डप निर्माणको अन्तिम चरणमा पुगेपछि आफ्नै स्रोत, सीप र प्रविधिबाट प्राचीन स्मारक पुननिर्माण गर्न सक्छौँ भन्ने  कुरा पुष्टि भएको दाबी गरे ।



Your Comments