पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा कोष

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा कोष


इन्जिनियर्स नेपाल |  मंसिर १७, २०७८,


engineersnepal.com

काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । 

 


ADVERTISEMENT

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । 

 

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निश्काशन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ । सम्झौता पत्र आदानप्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित रहेका थिए ।
 



Your Comments