कक्षा १२ को परिक्षा नजिता सार्वजनिक, ए प्लस ल्याउने जम्मा ७ हजार ३६ जना !

कक्षा १२ को परिक्षा नजिता सार्वजनिक, ए प्लस ल्याउने जम्मा ७ हजार ३६ जना !


इन्जिनियर्स नेपाल |  मंसिर १७, २०७८,


engineersnepal.com

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज शुक्रवार प्रकाशित गरेको छ। भदौ ३० गतेदेखि सुरु भएको परिक्षाको नजिता  बोर्डको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नतिजा नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिने जनाइएको छ । बोर्डका अनुसार ए प्लस ल्याउने विद्यार्थीको संख्या ७ हजार ३६ जना रहेको छ भने ए ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ३ सय ३९ जना रहेको छ ।


ADVERTISEMENT


कक्षा १२ को परीक्षामा ३ लाख ८५ हजार विद्यार्थी सहभागि भएका थिए । कोरोना भाइरसका कारण पटकपटक स्थगित भएको परिक्षा भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित गराएर लिइएको थियो । 

 

परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ । एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।



Your Comments