नेइए निर्वाचन : पुनको उम्मेदवारी उच्च अदालतले सदर गरेपछि सर्वपक्षिय बैठक बस्दै

नेइए निर्वाचन : पुनको उम्मेदवारी उच्च अदालतले सदर गरेपछि सर्वपक्षिय बैठक बस्दै


इन्जिनियर्स नेपाल |  मंसिर १६, २०७८,


engineersnepal.com

उच्च अदालत पाटनले ई. विनोद पुनको उम्मेदवारी सदर गरेपछि नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)ले शुक्रवारलाई सर्वपक्षिय बैठक डाकेको छ । नेइए निर्वाचनमा कर्णाली प्रदेशबाट केन्द्रिय कार्यकारिणी सदस्यको रुपमा पुनको उम्मेदवारी कायम गरेर नै निर्वाचन गराउन अदालतले बुधवार अन्तरिम आदेश दिएसँगै नेइएले सर्वपक्षिय बैठक बोलाएको हो ।

 


ADVERTISEMENT

न्यायधिशद्धय महम्मद जुनैद आजाद र बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले विपक्षिको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको हो । इजलासले २०७७ चैत ३० गते प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा निवेदकको नाम समावेश भएको देखिएको भन्दै पुनलाई उम्मेदवार कायम गरी निर्वाचन गराउन अन्तरिम आदेश दिएको छ । पुनको उम्मेदवारी सदर वा बदर गर्ने सम्बन्धमा अदालतको निर्णय पर्खने गरी नेइएले सर्वपक्षिय बैठकमा निर्णय गरेको थियो । अदालतले मंसिर १५ गते निवेदक पुनलाई उम्मेदवार कायम गरी निर्वाचन गर्न आदेश दिएसँगै शुक्रवार सर्वपक्षिय बैठक बस्ने भएको हो ।

 

अदालतको आदेश अनुसार उनले अब केन्द्रिय कार्यकारिणी सदस्यको रुपमा निर्वाचनमा उठ्न पाउने भएका छन् । नेइए निर्वाचन समितिले उनको उम्मेवदारी दर्तामा विभिन्न कारण देखाउँदै उम्मेदवारी खारेज गरिदिएको थियो । यसैगरी नेइएले सर्वदलिय बैठक राखेर अदालतको निर्णय पर्खिने निष्कर्ष निकाल्दै उच्च अदालत पाटनबाट हुने फैसला तथा आदेशलाई पर्खेर थप निर्णय लिने निर्णय गरेको थियो ।

 

उम्मेदवार पुनले अदालतमा छलफलका लागि माग गर्दै निवेदन दिएपछि बुधवार अदालतले उनको पक्षमा आदेश जारी गरेको हो । पुनको तर्फबाट अधिवक्ता विरेन्द्र खड्का र विपक्षीको तर्फबाट दिनमणी पोखरेलले बहस गरेका थिए । नेइए निर्वाचन समितिले विभिन्न कारणहरु देखाउँदै उनको उम्मेदावरी दर्ता नगराएपछि उनी जिल्ला प्रशासन कार्यालय काठमाडौं र उच्च अदालत पाटनसम्म पुगेका थिए । उनको उम्मेदवारीलाई यथावस्थामा राखेर उम्मेदारी दर्ता गराउन इन्जिनियरहरुका संगठनहरुले पनि दबाब दिदैं आएका थिए ।



Your Comments