८० वर्षे डिजाइन आयु भनिएको पुल बन्दाबन्दै भाँचियो

८० वर्षे डिजाइन आयु भनिएको पुल बन्दाबन्दै भाँचियो


इन्जिनियर्स नेपाल |  मंसिर १२, २०७८,


engineersnepal.com

तस्बीर: युवराज बिष्ट/रासस


भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भाँचिएको छ। 

हतुवागढी गाउँपालिका–२ कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो । 


ADVERTISEMENT

४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममा भाँचिएको छ ।

पुल भत्किएको विषयमा छानबिन गर्न काठमाण्डौबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।



Your Comments