आयोजनास्थलका स्थानीयको सहयोगविना विकास निर्माण असम्भव: अर्थमन्त्री शर्मा

आयोजनास्थलका स्थानीयको सहयोगविना विकास निर्माण असम्भव: अर्थमन्त्री शर्मा


इन्जिनियर्स नेपाल |  मंसिर १२, २०७८,


engineersnepal.com

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन् । रुकुम पश्चिमको चौरजहारीलगायतका स्थानमा भएको कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याएका हुन् । 

 


ADVERTISEMENT

‘आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदान विना सरकारले मात्र विकास गर्न सक्दैन ।’ उनले भने, ‘विकासको लागि स्थानीयहरु सक्रिय हुनुपर्छ । सरकारले त्यसमा सहयोग गर्ने मात्र हो ।’ कुनैपनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको प्रति असन्तुष्टि प्रकट उनले गरे ।

 

‘कुनै आयोजना निर्माण गर्न थाल्यो कि जग्गाको भाउ चर्काइन्छ, सरकारले किन्न नसक्ने गरी मूल्य तोकिन्छ । अनि कसरी गर्ने विकास ?’ उनले भने । चौरजहारीमा विमानस्थलको स्तरोन्ती र भेरी नदीमा जलविद्युत बनाउने योजना रहेको उनले बताए । जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न सम्भव रहेको उनले बताए । सो अवसरमा उनले चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गरे । 



Your Comments