पढाओ एकेडेमीले एनटीसीको लोकसेवा कक्षा सञ्चालन गर्ने

पढाओ एकेडेमीले एनटीसीको लोकसेवा कक्षा सञ्चालन गर्ने


इन्जिनियर्स नेपाल |  मंसिर ११, २०७८,


engineersnepal.com

पढाओ एकेडेमीले आइतवारदेखि नेपाल टेलिकमको इन्जिनियरिङतर्फको लोकसेवा कक्षा सञ्चालन गर्ने भएको छ । नेपाल टेलिकमले खुलाएको विज्ञापनअनुसार एकेडेमीले लोकसेवा परिक्षाको तयारी कक्षा सञ्चालन गर्न लागेको संस्थाका संस्थापक विक्की छन्त्यालले जानकारी दिए । 


उक्त संस्थाले पहिलो पेपरका लागि शुल्क रु. ६ हजार र दुबै पेपरका लागि भने रु. १० हजार शुल्क तोकेको छ । ईन्जिनियरहरुलाई सम्बन्धित क्षेत्रको विज्ञ, अनुभवी र दक्ष प्रशिक्षकद्वारा टेलिकम ईन्जिनियर (ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन), टेलिकम ईन्जिनियर (कम्प्युटर), टेलिकम ईन्जिनियर (ईलेक्ट्रीकल)र ईन्जिनियर (सिभिल)को विशेष तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।


ADVERTISEMENT

 

संस्थाले जूमबाट लाईभ कक्षा, रेकर्डिङ को उपलब्धता, भाइभर मा छलफल्, सप्ताहिक पाठ्यक्रम अनुसारको नमुना परिक्षा गर्नेछ । नेपाल टेलिकमको ईन्जिनियर र सिनीयर ईन्जिनियरबाट प्रत्यक्ष्य सिकाइ, प्रशिक्षण, निर्देशन र सुझाव, कक्षा सामग्री, दैनिक अभ्यास पेपर, कक्षा नोट पीडीएफ पनि उपलब्ध गराउने संस्थाले जनाएको छ ।



Your Comments