नेइए निर्वाचनः पुनको उम्मेदवारीमा अदालतको आदेश पर्खने सर्बपक्षिय बैठकको निर्णय

नेइए निर्वाचनः पुनको उम्मेदवारीमा अदालतको आदेश पर्खने सर्बपक्षिय बैठकको निर्णय


इन्जिनियर्स नेपाल |  मंसिर ११, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को निर्वाचनमा कर्णाली प्रदेशबाट केन्द्रिय कार्यकारिणी सदस्यको रुपमा उम्मेदवारी दिएका ई.विनोद पुनको विषयमा अब नेइएले अदालतको निर्णय पर्खिने निष्कर्ष निकालेको छ । शुक्रवार बसेको नेइएको सर्वपक्षिय बैठकले उच्च अदालत पाटनबाट हुने फैसला तथा आदेशलाई पर्खेर सोही दिन पुनः यस्तो बैठक बसी तुरुन्तै थप निर्णय लिने निर्णय गरेको छ ।

 


ADVERTISEMENT

उम्मेदवार पुनले अदालतमा छलफलका लागि माग गर्दै निवेदन दिएपछि मंसिर १५ गतेका लागि पेशी तारिख तोकिएको छ । नेइएको ३३ औं कार्यकारिणी समिति, ७ वटै प्रदेश दोस्रो कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्को प्रतिनिधि सदस्यहरुको लागि मंसिर २४ गते निर्वाचन हुँदैछ ।

 

यस निर्वाचनमा उनले पनि उम्मेदवारी दिएका थिए । तर, नेइए निर्वाचन समितिले विभिन्न कारणहरु देखाउँदै उनको उम्मेदावरी दर्ता नगराएपछि उनी जिल्ला प्रशासन र पछिल्लो समय उच्च अदालत पाटनसम्म पुगेका छन् । उनको उम्मेदवारीलाई यथावस्थामा राखेर उम्मेदारी दर्ता गराउन इन्जिनियरहरुका संगठनहरुले पनि दबाब दिदैं आएका थिए ।



Your Comments