कक्षा १२ को नतिजा मङ्सिर २० भित्र

कक्षा १२ को नतिजा मङ्सिर २० भित्र


इन्जिनियर्स नेपाल |  मंसिर ९, २०७८,


engineersnepal.com

राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२  को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र  सार्वजनिक  गर्ने  तयारी  गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज  ८  गतेसम्म  सञ्चालन  भएको  थियो  ।  

बोर्डका  परीक्षा  नियन्त्रक  कृष्ण  शर्माका  अनुसार  अहिले  उत्तरपुस्तिका  परीक्षणबाट  प्राप्त  नतिजालाई  सम्परीक्षण  तथा  तालिकीकरणको काम भइरहेको छ । 
नियमित  कामबाहेक  अन्य  कुनै  प्राविधिक  समस्या  नआए  मङ्सिर  २०  भित्रै  नतिजा  सार्वजनिक  हुने  शर्माले  बताए  ।  कोभिड–१९  को  महामारीका  कारण  परीक्षाको  तालिका  सार्वजनिक  गरेर  पनि  दुई पटक स्थगित भएको थियो । 


ADVERTISEMENT

परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । यस  पटकको  नतिजा  सार्वजनिक  नभए  पनि  अर्को  परीक्षामा  सहभागी  हुन  चाहने  परीक्षार्थीका  लागि  भने  बोर्डले  रजिस्ट्रेसन  तथा  आवेदन  फारामको  तालिका  सार्वजनिक  गरिसकेको छ । 

स्थगित परीक्षा १६ गते  भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा  कोभिड–१९  सङ्क्रमण  भएर  सहभागी  हुन  नसकेका  परीक्षार्थीका लागि बोर्डले मङ्सिर १६  गते  अर्को  परीक्षा  सञ्चालन  गर्ने भएको छ । 

परीक्षा  नियन्त्रक  शर्माका  अनुसार परीक्षार्थी रहेका सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाइनेछ  ।  शर्माका  अनुसार  यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन्  ।  गोरखापत्र दैनिक बाट



Your Comments