नेइए तालाबन्दीपछि निर्वाचन समितिले भन्यो– निर्वाचन तयारीमा गम्भिर असर पुग्यो

नेइए तालाबन्दीपछि निर्वाचन समितिले भन्यो– निर्वाचन तयारीमा गम्भिर असर पुग्यो


इन्जिनियर्स नेपाल |  मंसिर ७, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) निर्वाचन समितिले इन्जिनियरहरुका संगठनले तालाबन्दी गर्दा निर्वाचनको तयारी कार्यमा गम्भिर असर पुगेको जनाएको छ । कर्णाली प्रदेशका ई. विनोद पुनको उम्मेदवारी बदरलगायतका विषयलाई लिएर असहमति जनाएका नेपाल राष्ट्रिय इन्जिनियर संगठन र नेपाल इन्जिनियरिङ समाजले तालाबन्दी गरेको विषयप्रति समितिले धारणा सार्वजनिक गरेको हो ।

 


ADVERTISEMENT

यी दुई संस्थाले मंगलबार नै तालाबन्दी गरेका थिए भने समितिले पनि मंगलबार नै तालाबन्दीले निर्वाचनको तयारी कार्यमा गम्भिर असर गरेको भन्दै यस्ता कार्य नगर्न सार्वजनिक अपिल गरेको हो । यही मंसिर २४ गते हुने नेपाल इन्जिनियर्स एसोसिएशन (नेइए)को निर्वाचन समितिका निर्णयलाई लिएर पटकपटक मतभेद देखिएको छ । 

 

इन्जिनियर संगठनले दिएका निवेदनमा वेवस्ता गरिएको, कर्णाली प्रदेशका ई. विनोद पुनको उम्मेदवारी गलत नियत राखेर बदर गरिएको, निर्वाचन समितिले आफैले जारी गरेको कार्यतालीकासमेत पालना नगरी निर्वाचन नगराउने नियत राखेकोप्रति असहमति जनाएका थिए ।

 

समितिले जारी गरेको अपिलमा कर्णाली प्रदेशबाट केन्द्रिय कार्यसमितिमा प्रतिनिधित्वको लागि एकजना मात्रै उम्मेदवारी कायम भएकोले निर्विरोध निर्वाचित भएको सूचना गरिएको हुँदा हाललाई उम्मेदवारी दर्ता गर्दा उक्त पदमा नयाँ उम्मेदवारी दर्ता गर्न सकिएन भनिएको छ ।

 

यसैगरी समितिले पुनको उम्मेदवारीका विषयमा पटकपटक अनौपचारिक छलफल गदा पनि समाधान ननिस्केको जनाएको छ । कर्णाली कार्यालयमा पनि तालाबन्दी गरिएको भन्दै समितिले यस्ता कार्यले गम्भिर असर पुगेको जनाएको छ । यसैगरी समितिले यो असहमतिलाई इन्जिनियरहरुको वृहत्तर हितका लागि निर्वाचन प्रक्रिया सूचारु बनाउन र यसका लागि पहल गर्न सबै इन्जिनियर समूदायहरुमा अपिल गरेको छ ।

 

May be an image of text that says 'नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रीय निर्वाचन समिति २०७७ घनश्याम भट्टराई (संयोजक) 9851016484 इमेल.nea77ghanshyam@gmail.com नेपाल इन्जिनिरयर्स एशोसिएसन इन्जिनियरिड हार्दिक अपिल! मिति: २०७,।०६।०७ प्रतिनिधि दिपेन्द्र मिश्र (सदस्य) फोन: सातै प्रदेश निर्वाचनका कार्यकारिणी ने.ई.ए. निर्वाचन सम्वन्दी मित्रहरुलाई परिस्थितिको ई.डा.नारायण प्र.चौलागाई फॉन: 9851121983 nea77narayan@gmail.com प्रेरणादायी इन्जिनियर मित्रहरुका उमेश कुमार गुप्ता (सदस्य) फोन: 9851057155 nea77umesh@gmail.com समाधानका स्थितिमा बहादूर (सदस्य) 9851140667 इमेल.nea77puma@gmail.com इन्जिनियर प्रतिनिधित्व समर्थक सूचिवाट पमितिलाई कार्यविधिको निर्वाचन गरिएको पटक कार्यालयमा यसैविच निर्वाचन गरिएको निर्वाचन नेशनल इन्जिनियरिड अरगनाइजेशन सोसाइटी अध्यक्ष देवनारायण पनि निर्वाचनका कार्यालयम इन्जिनियरहरुको स्थितिमा समाधान स्थिति निर्वाचन निर्वाचन पर्ने योगदानवाट वर्तमान असहमतिलाई इन्जिनियरहरुको वृहत्तर हितका लागि लागि पहल गरिदिनु सम्पूर्ण इन्जिनियर समुदायमा ने.ई.ए.'



Your Comments