नेइए निर्वाचन : निर्वाचन समितिले उम्मेदवारी कायम नगरेपछि तालाबन्दी

नेइए निर्वाचन : निर्वाचन समितिले उम्मेदवारी कायम नगरेपछि तालाबन्दी


इन्जिनियर्स नेपाल |  मंसिर ७, २०७८,


engineersnepal.com

यही मंसिर २४ गते हुने नेपाल इन्जिनियर्स एसोसिएशन (नेइए)को निर्वाचन समितिका निर्णयलाई लिएर पटकपटक मतभेद देखिएको छ । नेइए निर्वाचन समितिले एकपक्षिय रुपमा निर्णय गर्ने र समयमै बैठक नगर्ने भन्दै इन्जिनियरका संगठनले आज मंगलवार केन्द्रिय निर्वाचन समितिमा तालाबन्दी गरेका छन् । 

 


ADVERTISEMENT

इन्जिनियरहरुका २ वटा संस्थाले निर्वाचन समितिका कार्यहरुमा विभिन्न ७ बुँदे असहमति राख्दै तालाबन्दी गरेको सूचना सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्रिय इन्जिनियर संगठन र नेपाल इन्जिनियरिङ समाजले उम्मेदवारी राख्ने र झिक्ने समयमा कुनै निर्णय नगरिएको, समितिले नै बनाएका विधिविपरित निर्णय गरिएको लगायतका विषय राखेर असहमति जनाएका छन् । 

 

इन्जिनियर संगठनले दिएका निवेदनमा वेवस्ता गरिएको, कर्णाली प्रदेशका ई. विनोद पुनको उम्मेदवारी गलत नियत राखेर बदर गरिएको, निर्वाचन समितिले आफैले जारी गरेको कार्यतालीकासमेत पालना नगरी निर्वाचन नगराउने नियत राखेको पनि ती संगठनले आरोप लगाएका छन् ।

 

निर्वाचन समितिले पक्षपातपूर्ण निर्णय गरेको, कार्यतालीकामा उम्मेदवार परिर्वतन गर्न समय दिइएको तर, मतदाताको नामावली अद्यावधिक गर्ने समय नदिने विषय नियमसंगत नभएको जस्ता कारण देखाउँदै ती संस्थाले तालाबन्दी गरेको जनाएका छन् ।

 

 



Your Comments