जलस्रोत डिभिजनका सव-इन्जिनियर केसीविरुद्ध भ्रष्टचारको मुद्दा दायर

जलस्रोत डिभिजनका सव-इन्जिनियर केसीविरुद्ध भ्रष्टचारको मुद्दा दायर


इन्जिनियर्स नेपाल |  मंसिर ६, २०७८,


engineersnepal.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धरा काठमाडौंका सव-इन्जिनियर दिपेन्द्रकुमार केसीविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । आयोगले २ लाख रुपैयाँ घुस तथा रिसवत लिइ भ्रष्टचार गरेको भन्दै केसीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 


ADVERTISEMENT


केसीले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त घुस माग गरेका थिए । उक्त सूचनाका आधारमा आयोगको टोलीले घुस रकम लिइसकेको अवस्थामा असोज १९ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा केसीले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी भुक्तानी दिने क्रममा घुस लिएको सप्रमाण पुष्टि हुन भएको आयोगले जनाएको छ ।

 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सोही रकम विगो कायम गरी जरिबाना र कैद सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।



Your Comments