नेइए निर्वाचनः ३ संगठनको गठबन्धन- अध्यक्षमा पराजुली, महासचिवमा ढकाल

नेइए निर्वाचनः ३ संगठनको गठबन्धन- अध्यक्षमा पराजुली, महासचिवमा ढकाल


इन्जिनियर्स नेपाल |  मंसिर २, २०७८,


engineersnepal.com

यही मंसिर २४ गते हुन लागेको नेपाल इन्जिनियर्स एसोसियसन (नेइए) निर्वाचनको केन्द्रीय कार्यकारिणी समितितर्फ पनि गठबन्धन बन्न सुरु भएको छ । इन्जिनियरका ३ वटा संगठनले संयुक्त रुपमा ‘प्रगतिशिल इन्जिनियर समूह’ बनाएर अध्यक्षमा ई. डा. हरिराम पराजुलीलाई उठाएका छन् । 

उक्त गठबन्धनको केन्द्रिय कार्यकारी समितिको महासचिवमा ई. डा. शंकर ढकालको उम्मेदवारी घोषणा भएको छ । नेपाल राष्ट्रिय इन्जिनियर संगठन, समाजबादी इन्जिनियर एसोसिएसन नेपाल र नेपाल इन्जिनियरिङ समाजको संयुक्त गठबन्धन घोषणा भएको हो । यसअघि यही समूह मिलेर प्रदेश २ मा समेत गठबन्धन बनिसकेको छ ।  


ADVERTISEMENT

 

यी हुन् गठबन्धनका उम्मेदवार 

नेइएको केन्द्रीय कार्यकारिणी समितितर्फ 
 

अध्यक्ष : ई. डा. हरिराम पराजुली
उपाध्यक्षः आ. न्हसला तुलाधर
महासचिवः ई. डा. शंकर ढकाल
उप–महासचिवः ई. डा. समित थापा
कोषाध्यक्षः ई. श्याम नारायण चौधरी
सह–कोषाध्यक्षः ई. स्मिता भट्ट

 

सदस्यहरुः 
 

ई. संजिव नारायण यादव
ई. विकास महर्जन
ई. रामु श्रेष्ठ
ई. कुलभूषण शेखर शर्मा
ई. विशाल अधिकारी
ई. सुनिल दाहाल
ई. अशोक विष्ट
ई. रिजन गजुरेल
ई. रबिराज अधिकारी
ई. कृपानन्द यादव
ई. दिनबिनोद खड्का
ई. डा. हरि शंकर साह

 

नेपाल इन्जिनियरिङ परिषद्तर्फ
 

ई. गोविन्द पौडेल (समूह क)
आ. चादमाला श्रेष्ठ (समूह ख)
ई. देव नारायण यादव (समूह ग)
ई. यज्ञ प्रसाद गैरे (समूह घ)
ई. राहुल क्षेत्री (समूह ङ)



Your Comments