नेइए निर्वाचन: प्रदेश २ मा ३ संगठनको संयुक्त गठबन्धन

नेइए निर्वाचन: प्रदेश २ मा ३ संगठनको संयुक्त गठबन्धन


इन्जिनियर्स नेपाल |  मंसिर १, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एसोसिएशनको ३३ औं निर्वाचन नजिकिदैं गर्दा इन्जिनियर्ससम्बद्ध संगठनहरु संयुक्त गठबन्धनमा जुटेका छन् । प्रदेश २ मा पनि विभिन्न ३ वाट संगठनले संयुक्त गठबन्धन बनाएर उक्त चुनावमा उम्मेदवारी दिएका छन् ।

 


ADVERTISEMENT

नेपाल राष्ट्रिय इन्जिनियर संगठन, समाजवादी इन्जिनियर एसोसिएसन नेपाल र नेपाल इन्जिनियरिङ समाजको तर्फबाट प्रादेशिक केन्द्र प्रदेश न. २ का लागि संयुक्त उम्मेदवारको नामावली घोषणा गरिएको छ । नेइए प्रादेशिक केन्द्र, प्रदेश न.२ का लागि प्रगतिशिल इन्जिनियर समूह बनाएर केन्द्रीय सदस्य (प्रदेश)मा इन्जिनियर सञ्जयकुमार यादवलाई उम्मेदवार बनाइएको छ ।

 

यसैगरी प्रदेश २ का लागि सभापतिमा राजेश यादव, उपसभापतिमा कार्तिकेश झा, सचिवमा रामनारायण यादव, सहसचिवमा राजिव साह, कोषाध्यक्षमा अन्जुकुमारी यादवले संयुक्त गठबन्धनबाट उम्मेदवारी दिएका छन् । सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन् ।

 

सदस्य पदका लागि कुन्दन ठाकुर, प्रविनकुमार यादव, सोनाली ठाकुर, अमितकुमार यादव, जितेन्द्रकुमार यादव, रोशनी कुमारी झा, दयानन्द साह, रबि पटेल, विशाल कुमार झा, प्रदिप यादव उम्मेदवारीको घोषणा गरेका छन् ।



Your Comments