लिखित प्रष्टिकरण नदिए २ निर्माण व्यवसायीलाई कालोसूचीमा राखिने

लिखित प्रष्टिकरण नदिए २ निर्माण व्यवसायीलाई कालोसूचीमा राखिने


इन्जिनियर्स नेपाल |  कात्तिक ३०, २०७८,


engineersnepal.com

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । ७ दिनभित्र लिखित स्पष्टिकरण नदिए भट्टराई विल्डर्स, पोखरा र च्यांग्रासी निर्माण सेवालाई कालोसूचीमा राख्ने भन्दै कार्यालयले सूची जारी गरेको छ । 


यी दुई कम्पनीलाई कालोसूचीमा राख्नका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन पोखरा र तारकेश्वर नगरपालिका, नगरपालिकाको कार्यालय धर्मस्थली काठमाडौंले सार्वजनिक खरिदलाई पत्राचार गरेका हुन् । 


ADVERTISEMENT

यी निकायले गरेको सिफारिसका आधारमा कार्यालयले ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधार पेश गर्न भने पनि ती कम्पनीहरु सम्पर्कमा आएका छैनन् । उनीहरु सम्पर्कमा नआएपछि कार्यालयले पुनः ७ दिने सूचना जारी गरी लिखित स्पष्टिकरण दिन भनेको छ । 

 

No description available.



Your Comments