नेइए निर्वाचन : विनोद पुनको उम्मेदवारी खारेजीको निर्णय सच्याउन माग

नेइए निर्वाचन : विनोद पुनको उम्मेदवारी खारेजीको निर्णय सच्याउन माग


इन्जिनियर्स नेपाल |  कात्तिक २९, २०७८,


engineersnepal.com

नेपाल राष्ट्रिय इन्जिनियर संगठनले विनोद पुनको उम्मेदवारी खारेजीको निर्णय सच्याउन माग गरेको छ । कर्णाली प्रदेशबाट केन्द्रिय समितिको पदका उम्मेवदार पुनलाई काठमाडौं जिल्ला प्रशासनले समेत उम्मेदवार हुनबाट बञ्चित गर्न नहुने भनेपनि खारेजीको निर्णय हुनु खेदजनक भएको भन्दै संगठनले निर्णय सच्याउन माग गरेको छ । 

 


ADVERTISEMENT

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को ३३ औ निर्वाचन समितिले उनको उम्मेदवारी खारेज गरिदिएको छ । त्यसलाई लिएर सो संगठनले पुनको उम्मेदवारी नै खारेज गर्ने निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

 

संगठनले निर्वाचन समितिको उक्त निर्णय ३० गते दिउसो १ बजेभित्र सच्याउन माग गरेको छ । उक्त अवधिभित्र निर्णय नसच्याए सशक्त प्रतिवाद गर्ने, प्रतिरोध र एकपक्षिय रुपमा हुने निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ । 



Your Comments